Widgets

यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ?

Unknown | 20:37 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


म २३ वर्षको भएँ। मेरो  हालसालै १९ वर्षकी युवतीसँग विवाह भयो। हाम्रो दुई-तीन वर्ष बच्चा नजन्माउने सल्लाह थियो, तर गर्भ बसेछ। फाल्न मिल्छ रे तर पछि बच्चा हुँदैन भन्ने सुन्छु। के औषधी खाएर बच्चा फाल्दा बाँझोपन हुन्छ ? दुई महिना पुग्न लाग्यो। 

तीन महिना पुग्यो भने फाल्न मिल्दैन भनिन्छ। यसरी गर्भ फाल्दा बेफाइदा हुन्छ ? 

५०३७१
विवाह र गर्भनिरोध
विवाह गरे पनि तपाईंहरूले केही समय सन्तान नजन्माउने सल्लाह गर्नुभएको कुरा राम्रो लाग्यो, तर विचार वा सल्लाह गरेर त्यसका लागि  ठोस कदम चाल्न सकिएन भने त्यसको केही अर्थ हुँदैन। हामी विवाहका लागि कति धेरै तयारी गर्न सक्छौं र सबै साधन-स्रोत जुटाउन सक्छौं।  विवाहपछि यौन सम्पर्क हुन्छ भन्ने कुरा पनि हामीलाई थाहै छ। यौनसम्पर्क गरेपछि गर्भ रहन सक्छ भन्ने पनि हामीलाई थाहा हुन्छ। यद्यपि  हामी गर्भनिरोध कसरी गर्ने भन्ने विषयमा भने राम्रो तयारी गर्दैनौं। महत्वपूर्ण कुरा के भने शारीरिक तथा मानसिक रूपमा तयार भैसक्ने  भएकाले सन्तान २० वर्षको उमेरपछि मात्र जन्माउनु श्रेयष्कर हुन्छ। मेरो अनुरोध के भने यौनसम्पर्कका साथसाथै गर्भनिरोधका बारेमा पनि  सोच्नुहोस्। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनको कुअसर नगण्य छ। 
गर्भको शिशु (भू्रण) बाँच्न सक्ने अवस्थामा पुग्नुभन्दा पहिले नै गर्भावस्थाको अन्त्य हुनुलाई नै गर्भपतन (abortion) भनिन्छ। सामान्य  अवस्थामा यस्तै २४ हप्तासम्मको गर्भको अवस्थालाई शिशु बाँच्न सक्ने भनेर मानिएको छ। नेपालमा मुलुकी ऐन एघारौं संशोधनले गभर् पतनलाई प्रजनन स्वास्थ्य अधिकारका रूपमा व्यवस्था गरेर केही निश्चित अवस्थामा गर्भपतन गर्न पाउने अधिकार प्रदान गरेको छ। गर्भवती  महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ। जबरजस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भए १८  हप्तासम्मको गर्भ पतन गर्न पाइन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने वा गर्भवती महिलाको ज्यानमा खतरा हुनसक्ने वा गर्भवती महिलाको  शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्न सक्ने अवस्थामा चिकित्सकको रायअनुसार गर्भवती महिलाको मञ्जुरीमा जहिलेसुकै गर्भपतन गर्न  पाउने व्यवस्था छ। 

अब विस्तारै यी कुराको कार्यान्वयन भएपछि र दक्ष व्यक्तिवाट स्तरीय सेवा प्राप्त हुन थालेपछि गर्भपतन सुरक्षित हुने र कतिपय असर न्यून  हुने कुरा आशा गर्न सकिन्छ। यस्तो सेवा सर्वसुलभ हुन भने अझै केही समय लाग्ला। दक्ष व्यक्तिबाट १२ हप्तासम्मको गर्भपतन गराउँदा  स्वास्थ्यमा नकारात्मक असर पर्ने खतरा बच्चा जन्माउँदाको भन्दा न्यून हुन्छ भनिन्छ, तर गर्भको समय जति बढी भयो खतरा पनि त्यही  अनुपातमा बढी हुनसक्छ। चिकित्सकहरूले पनि गर्भको समय हेरी गर्भपतन गर्ने उपयुक्त विधि चयन गर्छन्। पाठेघरको संक्रमण, केही  रक्तश्राव, पाठेघरमा चोट लाग्ने, अत्यधिक पीडा हुनेजस्ता कुरा केही प्रमुख उदाहरण हुन्। गर्भपतनलाई सुरक्षित बनाउन यो दक्ष व्यक्तिवाट नै  गरिनुपर्छ। दक्ष व्यक्तिबाट सुरक्षित तरिकाले गरिएका गर्भपतनको प्रजनन क्षमतामा खासै नकारात्मक असर पर्दैन, अर्थात् पछि सन्तान नहुने  भन्ने होइन। अहिले औषधी प्रयोग गरी गर्भपतन गराउन सकिने कार्यको सुरुवात भएको छ यसका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीसंग  सम्पर्क गर्नु बेस होला। गर्भपतन गराइहाल्नुभएको स्थितिमा आफूले उपयुक्त गर्भ निरोधको साधन प्रयोग गर्न पनि नबिर्सनु होला। 
म हरेक दिन हस्तमैथुन गर्छु। यसबाट के समस्या होला ?   
पुरन
सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागु हुन्छ। यौन  क्रियाकलापको बन्देज वा खुलापन नियम यौन सम्पर्कमा मात्र सिमित नभई अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन  त्यसको एउटा उदाहरण हो।



विभिन्न धार्मिक ग्रन्थहरूमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तमैथुन जस्तो क्रियाकलापमा बन्देज लगाउने प्रयास भएको देखिन्छ। लिङ्गपूजन  गर्ने हिन्दू समाजमा पनि हस्तमैथुनलाई सहज तथा स्वाभाविक रूपमा हेरिँदैन। हस्तमैथुनप्रति नकारात्मक प्रभाव कसरी र किन सुरु भयो भनेर  किटान गरेर भन्न सकिने स्थिति छैन। कारणहरूलाई हेर्ने हो भने पहिले विवाह सानै उमेरमा हुने भएकाले हस्तमैथुनको आवश्यकता पनि कम  थियो होला र तुलनात्मक रूपमा धेरै व्यक्तिले गर्ने यौन क्रियाकलापका रूपमा लिइँदैनथ्यो होला। त्यसैले पनि यसलाई असामान्य मानिएको  हुनसक्छ। स्पष्ट रूपमा नभए पनि मानवमा अर्को व्यक्तिको यौन व्यवहारलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्ने चाहना भएको देखिन्छ।  हस्तमैथुनमा यस्तै केही भएको हुनसक्छ। त्यसैले हस्तमैथुनले विभिन्न नकारात्मक प्रभाव पार्छ वा यो पापकर्म हो जस्तो कुरा गरेर नियन्त्रण  गर्ने प्रयास गरेजस्तो देखिन्छ। त्यतिबेला जायज र सान्दर्भिक लागे पनि अहिलेको परिस्थितिमा त्यसो नहुन सक्छ। अहिले वैज्ञानिक दृष्टिकोणले  हेर्ने हो भने यो एउटा प्राकृतिक कुरा हो र यो पापकर्म हो भन्ने कुराको कुनै ठोस आधार देखिँदैन। 
यौन विकासको क्रममा यौन चाहना शान्त पार्ने अन्य उपाय जस्तै- यौन सम्पर्क गर्न नपाउँदा शरीरले आफूमा जम्मा भएको यौन तनावको  उन्मोचन गर्न खोज्छ नै। यस्तो स्थितिमा हस्तमैथुन एउटा राम्रो वैकल्पिक उपाय हो यौन तनाव कम गर्ने। हस्तमैथुन गर्दा यौनरोग वा एचआइर् भी पनि सर्दैन भने अनावश्यक रूपमा पैसा र समय पनि खर्च हुँदैन। 
कति पटक सम्म हस्तमैथुन गर्न मिल्छ भन्ने कुरा आफ्नो शरीरको माग अनुसार अर्थात यौनइच्छामा भर पर्छ। सामान्य स्थितिमा तपाइर्ंले  त्यति नै पानी पिउनुहुन्छ जति तपाईंलाई प्यास लाग्छ। तपाईंको यौन इच्छा कति पूरा भएको छ भन्ने कुराले नै स्वाभाविक रूपमै कतिपटक  हस्तमैथुन गर्ने भन्ने कुरालाई निर्धारण गर्छ। त्यसैले यस विषयमा पीर गर्नु पर्दैन। दैनिक हस्तमैथुन गर्दा दैनिक रूपमै यौन आनन्द प्रप्त हुन्छ। 
हस्तमैथुन एउटा स्वाभाविक प्रक्रिया हो, त्यसैले यसको उपचार गराउने वा यसलाई बन्द गराउनुपर्ने आवश्यकता छैन। मुख्य समस्या हस्तमै थुन गर्नुले पर्ने असर भन्दा पनि तपाईको सोच र मानसिकताको हो। तपाईंले दोषीपन वा ग्लानिबाट बाहिर निस्कन सक्नुपर्छ।
साप्ताहिकवाट साभार 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS