नायिका रेखा थापा ५० हजार खाएर फरार
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
नेपालकी नं १ नायीका मानिने रेखा थापाले अमेरिका बसिबसी मलेशियामा एक कार्यक्रमका आयोजकलाई धुरु धुरु रुवाइ दिएकी छिन्। मलेशियाको विभिन्न शहरमा हुन लागेको रिमिक्स धमाका नामक कार्यक्रमका लागि रेखाले लिखित सम्झौता समेत गरेकी थिइन् ।
तर अन्तिम समयमा आएर उनले आउन नसक्ने जवाफ झर्किएर दिएपछि आयोजक छांगाबाट खसेझै भए। एक त रेखा थापाको नाम पोस्टर बन्ने देखि विज्ञापन समेत गरिएको छ अर्को उनकै नाममा थुप्रै टिकट समेत बिक्री भइसकेको छ,आयोजकको त रुवावासी चल्ने नै भयो।
नायीका रेखाले कार्यक्रमका आयोजक जिरो माइलसंग लिखित सम्झौता गरेकी थिइन् उनले पारिश्रमिक वापतको केही रकम पनि लिइसकेकी थिइन्। आयोजकहरुका अनुसार उनले पारिश्रमिकको २० प्रतिशत रकम ४४ हजार रुपैयाँ र अन्य खर्चवापत ६ हजार रुपैयाँ गरी जम्मा ५० हजार रुपैयाँ पनि बुझिसकेकी थिइन् । तर फेब्रुअरी ५ तारीख बिहान करिब मलेसियन समय १२-३० मा नायिका रेखा थापाले अमेरिकाबाट एसएमएस गरी आफू कार्यक्रममा उपस्थित हुन नसक्ने आउन नसक्ने सन्देश पठाइन् । त्यसपछी आयोजकले उनलाई सम्झाउने अनके प्रयत्न गरे तर उनलै मान्दै मानिन्। उनले आयोजकलाई अमेरिकाको भिसा सिंगल इन्टी भएको कारणले उपस्थित हुन नसक्ने भनेर टारेकी थिइन्।
रेखा थापा आउने भनेर टिकट लिएका दर्शकहरु भने नायीका रेखा र उनलाई ल्याउन नसक्ने आयोजक दुवै तर्फ खनिएका छन्। तर आयोजकले भने यसलाई नायीका रेखाले गैरजिम्मेवारीपनको पराकाष्ठा देखाएको भनेर टिप्पणी गरेको छ।
नायीका रेखा थापाबाट धोका खाएपछि आयोजकले अर्की नेपाली नायीका झरना थापा र कार्यक्रम सञ्चालक दिनेश डिसीले नेपालबाट बोलाएको छ।
आयोजकले भने पैसा लिएर रेखाले धोका दिएको भन्दा पनि कार्यक्रम फिक्का पारिदिएकोमा चित्त दुखाएका छन्। तर केहीले ५० हजार लिएर रेखा फरार भएको टिप्पणी गरेका छन्।
चाइनिज न्यू इयरको अवसर पारेर रिमिक्स धमाका नामक यो कार्यक्रम यही फेब्रुअरी १० तारीख जोहोरबारु, ११ तारीख क्वालालम्पुर, १२ तारीख मलक्का, १३ तारीख पेनाड र १५ तारीखका दिन मेरुमा आयोजना हुँदैछ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments