Widgets

भ्यालेन्टाइन डे,बलिउडका चर्चित जोडी

Unknown | 04:47 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


अहिले एक-अर्कासँग प्रेम मात्र गदैर् नन्, विवाहअघि नै सँगै बस्न थालेका छन् । चलचित्रको कथामा प्रस्तुत गरिने 'लिभिङ टुगेदर' को अवधारणालाई बलिउडका सेलिब्रेटीहरूले वास्तविक जीवनमै उपभोग  गरिरहेका छन् । विवाहअघि नै सँगै बस्ने नायक-नायिकाहरू खुसीसमेत देखिन्छन्, तर बलिउडकै केही चलचित्रकर्मी सँगै बसिरहेको कुरालाई अस्विकार समेत गर्छन् ।  रमाइलो कुरा के छ भने, कतिपय लोकपि्रय नायक-नायिका विवाहअघि नै सँगै बस्न थालेकाले विवाह गर्न हतारिरहेका छैनन् । उनीहरू विवाह नगर्ने कारण भने खुलेर  बताउँदैनन् ।

सलमान खान बलिउडका सबैभन्दा आकर्षक तथा योग्य कुमार नायक हुन् । सलमान ४५ वर्षको उमेरमा पनि आफ्नो तेजस्वी व्यक्तित्वका कारण चर्चित छन् । सलमान  खानको जीवनको सबैभन्दा दुःखद कुरा के हो भने बलिउडकै सबैभन्दा सुन्दर तथा कामुक नायिकाहरू (ऐश्वर्या राय, कट्रिना कैफ) सँग आफ्नो सुदृढ प्रेम सम्बन्धपछि  पनि यी कलाकार आजसम्म अविवाहित छन् ।

प्रीति जिन्टा तथा उर्मिला मातोडकर पनि उमेर पुगिसक्दा पनि अविवाहित छन् । केही समयअघि पि्रतीले उद्योगपति नेस वाडियासँग विवाह गर्ने पक्का भैसकेको थियो, तर  प्रीतिले नै अरुचि देखाएपछि विवाह हुन सकेको थिएन । पछिल्लो समयमा उनीहरूबीच कुनै पनि सम्बन्ध नरहेको अनुमान गरिंदैछ । लामो समयदेखि बलिउडमा  निष्क्रियझैं रहेकी उर्मिला मातोडकर तथा निर्देशक रामगोपाल वर्माबीचको सम्बन्ध सधैं चर्चाको विषय बन्छ । विवाहका बारेमा भने उर्मिलाले अझै कुनै निर्णय लिन  सकेकी छैनन् ।

रानी मुखर्जी तथा यशराज फिल्म्सका मालिक आदित्य चोपडाबीचको रोमान्सलाई पनि बलिउडको चर्चित प्रेमकथा मानिन्छ । रानीमाथि त चोपडाको घर नै बिगारेको  आरोप लगाइँदैछ । रानीसँग प्रेम गर्न थालेपछि आदित्यले आफ्नी श्रीमतीसँग सम्बन्ध-विच्छेद गरेको समाचारसमेत सार्वजनिक भैरहेको छ । अचम्मको कुरा के छ भने रानी  तथा आदित्यले अहिलेसम्म विवाहचाहिं गरेका छैनन् । बलिउडको सबैभन्दा चर्चित हट जोडी जोन अब्राहिम तथा विपाशा बसुको सम्बन्धमा थुप्रै उतार-चढाव आए, तर  दुबै आफ्नो जोडीको जस्तो प्रेम अरू कसैले नगरेको बताउँछन् ।

सैफअली खान तथा करिना कपुर जोडीलाई बलिउडकै सबैभन्दा आकर्षक जोडी मानिंदैछ । सैफ-करीनाबीच प्रेम सम्बन्ध गाँसिएको केही वर्ष मात्र भएको छ, तर उनीह रूले आफ्नो प्रेममार्फत सम्पूर्ण बलिउडमा हलचल मच्चाएका छन् । यद्यपि सैफ-करीना दुबैले विवाहका बारेमा खुलेर केही बताएका छैनन् ।

सैफ अलि खानलाई प्रेमि बनाउनु अघि करीना कपूरको नाम अर्का नायक शाहिद कपुरसँग जोडिएको थियो, तर शाहिदसँग प्रेम सम्बन्ध टुक्रिएपछि करिनाले सैफलाई रो जिन् । शाहिद केही समय करिनासँग विछोडिनुको पीडा सहेर बसे, तर पछि उनलाई बलिउडकै अर्की नायिका पि्रयंका चोपडाले साथ दिइन् । पछिल्लो समयमा शाहिद- प्रियंकाको रोमान्स बलिउडका कुनै पनि चलचित्रकर्मीबाट लुक्न सकेको छैन । क्रिकेट हेर्ने बहानामा दक्षिण अफ्रिकामा शाहिद-पि्रयंका सँगै देखिएका थिए । यसबीच अघिल्लो  साताको एक रात भारतको आयकर विभागले पि्रयंकाको घरमा छापा मार्ने क्रममा उनको बेड रूपमा साहिद भेटिएको समाचारले उनीहरूबीच 'गहिरो' सम्बन्ध रहेको पुष्टि  भएको छ । 'पि्रयंकाको बेड रुममा साहिद भेटिएपछि अब उनीहरूको सम्बन्ध कति सम्म गहिरो छ, सहज अनुमान लगाउन सकिन्छ', भारतीय सञ्चारमाध्मयले लेखेका  छन् ।

सलमान खानसँग प्रेम गरिरहेकी भनिएकी कट्रिना कैफ पछिल्लो समयमा चकलेटी नायक रणवीर कपुरसँग रोमान्स गरिरहेकी छिन् । पि्रयंकाको घरमा छापा मारेकै दिन  आयकर विभागका कर्मचारीले कट्रिनाको घरमा पनि छापा मारेका थिए । बिहानीपख छापा मार्नुभन्दा केही मिनेटअघि मात्र रणवीर कपुर कट्रिनाको घरबाट बाहिरिएको  समाचार पनि छ । 'रणवीरले पूरै रात कट्रिनाको घरमा बिताएको पुष्टि भएको छ, समाचारमा भनिएको छ— 'छापा मार्ने क्रममा नायिकाहरूको व्यक्तिगत सम्बन्ध सावर् जनिक हुनु रमाइलो संयोग मात्र होइन ।'

निर्देशक र नायिकाको रोमान्स

बलिउडमा कुनै पनि चलचित्र निर्देशक कुनै नायिकाप्रति आकषिर्त तथा लट्ठ हुनु कुनै नयाँ कुरा होइन । निर्देशक कुनै एक नायिकासँग यति धेरै प्रभावित हुन्छन् कि हरेक  चलचित्रमा उनीसँगै काम गर्न चाहन्छन् । यो बलिउडको पुरानै शैली हो ।

५० को दशकका चर्चित निर्देशक तथा अभिनेता राज कपुर तथा नायिका नर्गिसको प्रेम त्यसबेलाका दर्शकलाई राम्रो जानकारी छ । त्यसपछि देव आनन्द, रामगोपाल वर्मा,  सुधीर मिश्र, आदित्य चोपडा आदि केही त्यस्ता निर्देशक हुन् जसको मनमा केवल एक नायिकाले मात्र स्थान पाएका थिए अनि निर्देशक पनि तीनै नायिकासँग मात्र काम  गर्न मन पराउँथे ।

चलचित्र निर्देशक सुधीर मिश्र तथा नायिका चित्रगंधा सिंहबीचको रोमान्सले पछिल्लो समयमा बलिउडलाई तताएको छ । सुधीरले नै चलचित्र 'हजारों ख्वाहिशें ऐसी' मार्फत  चित्रगंधालाई बलिउडमा स्थापित गराएका हुन् । चित्रगंगाले उक्त चलचित्रबाट राम्रो  प्रशंसा पाइन्, सुधीर उनको गुरुका रूपमा स्थापित भए । सुधीर चित्रगंधालाई  चलचित्रमा प्रस्तुत गर्ने श्रेय आफैं लिन्छन् । भर्खरै मात्र सुधीरले चित्रगंधालाई लिएर चलचित्र 'यह साली जिन्दगी' निर्माण गरे । यो चलचित्रमा पनि उनले चित्रगंधालाई  प्रभावशाली भूमिकामा प्रस्तुत गरेका छन् । चित्रगन्धा विवाहित भए पनि उनी र सुधीरबीचको सम्बन्धलाई प्रेमको रुप दिइएको छ । चित्रगन्धालाई भने यो कुराले चिन्तित  तुल्याएको छ । उनले आफू आफ्नो वैवाहिक जीवनबाट असाध्यै खुशी भएको बताउँदै आफ्नो नाम सुधीरसँग नजोड्न आग्रह गरिरहेकी छिन् । यो प्रसंगमा सुधीर भने  मौन छन् ।

एकताका निर्देशक रामगोपाल बर्मा तथा उर्मिलाबीचको निकटताका बारेमा बलिउडमा धेरै चर्चा चल्थ्यो । रामगोपालको चलचित्र 'रंगीला' मा काम गरेपछि नै उर्मिला स्टार  भइन् । रंगीलाको सफलतासँगै रामगोपाल उर्मिलाप्रति आकषिर्त भए । उनीहरूबीचको अफेयरका रमाइला प्रसंगहरू सञ्चारमाध्यममा प्रकाशित भैरहे । रंगीलापछि उर्मिलालाई रामगोपालले मस्त, दौड, जंगल, भूत, एक हशिना थीजस्ता चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत गर्दै उनको करियरलाई माथि उठाउन ठूलो योगदान दिए । त्यसो त  उर्मिलापछि रामगोपालको ध्यान अन्तरा माली तथा निशा कोठारीतर्फ पनि नगएको होइन । अन्तरालाई रामगोपालले सन् १९९९ मा चलचित्र 'प्रेमकथा' मार्फत बलिउडमा  प्रस्तुत गरे । त्यसपछि कम्पनी, मैं माधुरी दीक्षित बनना चाहती हुँ, मिस्टर या मिसजस्ता चलचित्रमा रामगोपालले अन्तरालाई मुख्य भूमिकामा प्रस्तुत गरे । दुवैको अफे यरका समाचारले अन्तरालाई निकै प्रचार मिल्यो । त्यसपछि रामगोपाल निशा कोठारीको सौन्दर्यमा लट्ठिए । निशालाई उनले चलचित्र सरकारमा मौका दिएका थिए ।  निशाको काम तथा सौन्दर्यबाट प्रभावित भएर रामगोपालले उनलाई जेम्स तथा अज्ञात चलचित्रमा मुख्य भूमिकामा प्रस्तुत गरे । रामगोपालले नै उनको पुरानो नाम  परिवर्तन गरेर नीशा राखेका थिए । त्यसअघि उनी पि्रयंका कोठारीका रूपमा चिनिन्थिन् ।

नायक तथा निर्देशक राज कपूर र नायिका नर्गिसबीचको प्रेमसम्बन्ध पनि बलिउडमा उदाहरणीय मानिन्छ । एक समय यी दुईको केमेस्ट्री अत्यन्त रुचाइएको थियो । राज  कपुरले 'मदर इन्डिया' की यी नायिकालाई लिएर  आवारा तथा श्री ४२० जस्ता चलचित्र निर्देश्ान गरे तर नर्गिसले सुनील दत्तसँग विवाह गरेर घर बसाएपछि राज-नगिर् सको प्रेम कथा पनि टुंगियो ।

सदावहार देव आनन्द तथा कामुक जीनत अमान एक साथ ठूलो पर्दामा छाउँदा जो कोहीले उनीहरूको ईष्र्या गरे । देव आनन्दले जीनतलाई लिएर हरे कृष्ण हरे राम तथा  हीरा पन्नाजस्ता सफल चलचित्र निर्माण गरे । यी दुई चलचित्रको छायांकनका क्रममा उनीहरूको निकटता पनि बढेको बताइन्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS